Logo

काठमाडौं–दिल्ली उडान पुस २ देखि सुचारु हुने, नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्न पाउने

काठमाडौं–दिल्ली उडान पुस २ देखि सुचारु हुने, नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै उडान गर्न पाउने



काठमाडौ । नेपाल–भारतबीचको उडान आउदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ । कोरोना संक्रमणका कारण गत चैत ४ देखि स्थगित दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन् ।

आफ्ना नागरिकलाई मात्र सीमित संख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउने भएका छन् ।

पहिलो उडान नेपाल एयरलाइन्सले गर्ने भएको छ । भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ । उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने सहमति भएको छ ।

यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने जवाफ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL