Logo

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस, लागू होला त नेपालमा अन्तरराष्ट्रिय अभ्यास ?

हप्तामा दुई दिन सार्वजनिक बिदा दिन सिफारिस, लागू होला त नेपालमा अन्तरराष्ट्रिय अभ्यास ?



काठमाडौं । सरकारी समितिले सातामा २ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ। हप्तामा दुई दिन सार्वजनिक दिनेबारे अध्ययन गर्न गठित समितिले सो सिफारिस गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिने प्रस्तावमाथि अध्ययनका लागि गत असोजमा अध्ययनका लागि सो समिति गठन गरेको थियो।

नेपालमा हाल हप्तामा एकदिन (शनिवार) मात्रै बिदा दिने प्रचलन छ। अन्त्राष्ट्रिय अभ्यास हेर्दा हप्तामा २ दिन बिदा दिने गरिन्छ। यसबारे अध्ययनका लागि गठित समितिले सार्वजनिक बिदाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्हस्थ उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गरी यस्तो सिफारिस गरेको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, सार्वजनिक खर्चमा कतौती, इन्धनमा कटौती, उत्पादकत्व वृद्धिलगायत विषयमा अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको समितिले जानकारी दिएको छ।

हाल विश्वका ८८ भन्दा बढि मुलुकहरुमा हप्ताको दुई दिन बिदा दिने प्रचलन रहेकोमा नेपालले पनि सोही प्रयोग गर्न सके, आन्तरिक पर्यटन प्रवद्र्धनका साथै सार्वजनिक खर्चमा कतौती, इन्धन खपतमा कटौती, उत्पादकत्व वृद्धिल गायतका धेरै क्षेत्रमा फाइदा पुग्ने अध्ययन समितिले बताएको छ।

आन्तिरिक पर्यटन प्रर्वद्धनका लागि पर्यटन मन्त्रालयले सो प्रस्ताव गरेको थियो। एक दिनको बिदाले घुमघाममा समय नपुग्ने र अन्तर्राष्ट्रिय प्रचलन समेत हप्ताको दुई दिन सार्वजनिक बिदा दिने भएको भन्दै पर्यटन मन्त्रालय यसमा जुटेको थियो।

सोबारे अध्ययन गर्न गठित कार्यदलले २ दिन बिदा सकिने सिफारिस गरेपछि सो प्रस्ताव अब मन्त्रिपरिषदमा पेश गरिने छ। यसबारे मन्त्रिपरिषद्ले निर्णय गरेपछि नेपालमा पनि हप्तामा दुई दिन बिदा बस्न पाइने छ।

प्रतिक्रिया दिनुहोस्
MBL