Logo

सुनको मूल्य तोलामा नौ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा नौ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा नौ सय रुपैयाँ घटेको छ । बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९३ हजार ४०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुनसमेत प्रतितोला ९०० ले ओरालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन बिहीबार प्रतितोला ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ । बुधबार प्रतितोला एक हजार २१५ मा कारोवार भएको चाँदी बिहीबार प्रतितोला १२ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL