Logo

नेपाल चेम्बर अफ कमर्श र रसियन फेडरेशनका व्यापारिक प्रतिनिधिबीच भेट, लगानीको अवसर लिन आग्रह

नेपाल चेम्बर अफ कमर्श र रसियन फेडरेशनका व्यापारिक प्रतिनिधिबीच भेट, लगानीको अवसर लिन आग्रह



काठमाडौं । नेपाल चेम्बर अफ कमर्श र रसियन फेडरेशनका व्यापारिक प्रतिनिधिबीच भेट भएको छ । बुधबार रसिएन फेडरेशनका प्रतिनिधि भ्लादिस्लभ मिट्रीभ र नेपाल चेम्बर अफ कमर्शको अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा प्रतिनिधिमण्डलले भेट गरेको हो । उक्त भेटमा नेपालका लागि रुसका राजदुत अलेकसेई नोभिकोभको पनि सहभागिता थियो ।

भेटघाट कार्यक्रममा राजदुत नोभिकोभले कोरोना महामारीपछि रसियन फेडरेशनका प्रतिनिधिमण्डललको भेटघाट भएको बताए । यस्तै कार्यक्रममा रसियन फेडरेशनको व्यापारिक प्रतिनिधिमण्डलका प्रमुख मिट्रभले नेपाल कोरोना विरुद्धको भ्याक्सिन पाउने सम्भाव्य देशमा परेको बताए ।

रुसले ठुलो मात्रामा भ्याक्सिनको परिक्षण गरेको र उक्त भ्याक्सिन नेपाललाई दिन सहजीकरण गर्ने उद्धेष्यले उक्त भेटघाटको आयोजना गरिएको उनले बताए । उनले नेपालमा जलविद्युत, औषधियोग्य जडिबुटी, कृषिउपजलगायतको भण्डार भएकाले यसको सही सदुपयोग र बजारीकरणमा विशेष सहयोग पुर्याउने बताए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमो जलविद्युतमाव रुसी लगानीको अपेक्षा गरेको जनाए । उनले रुसी लगानीकर्तालाई नेपालमा पाईएको लगानीको अवसर लिनसमेत आग्रह गरेका छन् ।

कार्यक्रममा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश कुमार अग्रवाल, महिला चेम्बरका अध्यक्ष युथ चेम्बरका अध्यक्ष, पर्यटन समितिका सभापतिलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL