Logo

कतारले दियो नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार, नेपालले दियो धन्यबाद

कतारले दियो नेपाल सरकारलाई तीनवटा मर्सिडिज कार, नेपालले दियो धन्यबाद



काठमाडौं । नेपाल सरकारलाई कतार सरकारले तीनवटा मर्सिडिज कार उपहार दिएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार गरिएको हस्तान्तरण कार्यक्रममा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल हैलले कतार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई साँचो र कार हस्तान्तरण गरेका हुन् ।

उपहार ग्रहण गर्दै परराष्ट्र सचिव पौड्यालले कतार सरकारलाई धेरै धन्यवाद व्यक्त गरे । कारको साँचो लिँदै उनले भने ‘कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’ यसअघि मन्त्रिपरिषद बैठकले कतारले दिने कार ग्रहण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL