Logo

मंसिर २८ देखि मनकामना मन्दिर र केवलकार खुल्ने, यस्तो छ तयारी

मंसिर २८ देखि मनकामना मन्दिर र केवलकार खुल्ने, यस्तो छ तयारी



काठमाडौं । धार्मिक पर्यटकको प्रमुख आकर्षण रहेको मनकामना मन्दिर यही मंसिर २८ गतेदेखि खुल्ने भएको छ । सरकारले पर्यटकिय र धार्मिक क्षेत्र खुलाउने निर्णय गरेसँगै मनकामना मन्दिर पनि स्थानिय सरकारको रोहवरमा खुल्ने भएको हो।

साथै कोरोना महामारीका कारण बन्द अवस्थामा रहेको मनकामना केवुलकार पनि मंसिर २८ गते देखि नै खुल्ने भएको बताइएको छ ।

मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको मन्दिर व्यावस्थापनले जानकारी दिएको छ ।

कोरोना संक्रमणका कारण विगत आठ महिनादेखि श्रद्धालु भक्तजनहरुले मन्दिरमा पुजा आरधना गर्न नपाएको अवस्था थियो । साथै गत चैतदेखि नै केवलकार पनि सञ्चालन भएको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL