Logo

कोकाकोला, नेस्ले र पेप्सी बने विश्वमा सबैभन्दा धेरै प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योग, यस्तो छ शीर्ष १० को सूची

कोकाकोला, नेस्ले र पेप्सी बने विश्वमा सबैभन्दा धेरै प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योग, यस्तो छ शीर्ष १० को सूची



काठमाडौं । विश्वभर प्लास्टिकजन्य प्रदूषण फैलाउने सबैभन्दा ठुला उद्योगको सूचीमा कोकाकोला, पेप्सीको र नेस्ले परेका छन् । हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनअनुसार यी ३ कम्पनीहरु लगातार तेश्रो बर्षपनि विश्वमा प्लास्टिकजन्य प्रदूषण फैलाउने उद्योगमा परेका हुन् ।

जसमध्ये कोकाकोला सबैभन्दा बढी प्लाष्टिक फोहोर उत्सर्जन गर्ने कम्पनीमा परेको छ । विभिन्न ५१ देशहरुमा १५ हजार बढी स्वयंसेवकको समूहले गरेको अनुसन्धानमा सो तथ्य फेला परेको हो ।

विश्वका विभिन्न देशका समूद्र र नदीहरुको किनारमा गरिएको सर्भेमा कोकाकोलाका १३ हजार ८ सय ३४ टुक्रा प्लाष्टिक फोहोर भेटिएको थियो । यस्तै पेप्सीले उत्सर्जन गर्ने प्लाष्टिकका टुक्राहरु भने ५ हजार १ सय ५५ टुक्रा फेला पारिएको थियो । साथै ८ हजार ४ सय ३३ टुक्रा प्लाष्टिक भने नेस्ले कम्पनीका थिए ।

अनुसन्धानमा भेटिएका प्राय प्लाष्टिकहरु पुनः प्रयोग नगरीकनै प्राकृतिक वातावरणमा विसर्जन गरेको पाईएको छ । यस्ता ठुला बहुराष्ट्रिय कम्पनीकै कारण ग्लोबल वार्मिङलगायतका समस्याहरु बढिरहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

यस्तै धेरै प्लाष्टिक फोहोर उत्सर्जन गर्ने अन्य कम्पनीहरुमा भने युनिलिभर, मोडलेज ईन्टरनेशनल, मार्स, पी एन्ड जी, फिलिप मोरिस ईन्टरनेशनल, कोलगेट पाल्मोलिभ र पिरफेट्टी ब्राण्ड शीर्ष १० को सूचीमा रहेका छन् ।

कोकाकोलाले यसअघि सन २०१८ मा समुद्रमा रहेको प्लाष्टिक फोहोरलाई एक अभियानस्वरुप उठाउने निर्णय गरेको थियो । तर, हालसम्म उक्त निर्णयको कार्यान्वयन नभएको वातावरण संरक्षणकर्मीले अरोप लगाउँदै आएका छन् ।

तर, कम्पनीले सन २०३० सम्म सबै उत्पादनहरु रिसाईकल गरिएको प्लाष्टिकमा मात्रै प्याक गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै पेप्सीको कम्पनीले भने सन २०२५ सम्म नयाँ प्लाष्टिक प्रयोग ३५ प्रतिशतले घटाउने प्रतिवद्धता दिएको छ ।

समुद्री सतहमा प्लाष्टिक मात्रै नभई केचप, तोरीको पिना, कफी, स्याम्पु, चुरोटका ठूटालगायतका फोहोरहरु पनि उत्तिकै मात्रामा भेटिएको प्रतिवेदनमा उल्लेख छ । –मार्केटवाचडटकमबाट अनुवाद

प्रतिक्रिया दिनुहोस्
MBL