Logo

मंगलबार १५ सयले बढेको सुन आज तोलामा सात सयले घट्यो, यस्तो छ मूल्य

मंगलबार १५ सयले बढेको सुन आज तोलामा सात सयले घट्यो, यस्तो छ मूल्य



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सात सय रुपैयाँले गिरावट आएको छ। मंगलबार ९४ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ४०० कायम भएको हो ।

यसअघि मंगलबार एकैदिन तोलामा १५ सय रुपैयाँले वृद्धि भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा सात सयले घटेको छ।

मंगलबार तेजाबी सुन तोलामा ९३ हजार ६५० मा कारोबार भएको थियो । आज ९२ हजार ९५० तोकिएको छ । चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार एक हजार २३५ मा कारोबार भएको चाँदी आज एक हजार २१५ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL