Logo

सरकारी जागिरका लागि अवसर, ५१३ जना शाखा अधिकृतका लागि लोकसेवाले खुलायो विज्ञापन

सरकारी जागिरका लागि अवसर, ५१३ जना शाखा अधिकृतका लागि लोकसेवाले खुलायो विज्ञापन



काठमाडौं । नेपालमै बसेर सरकारी जागिर गर्ने चाहना भएकाहरुका लागि अवसर खुलेको छ । लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो ।

आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ । जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला रहेको छ । विज्ञानपन अनुसार न्याय सेवाको खुलातर्फ ३६, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांग दुई र पिछडिएको क्षेत्रका लाग दुई जना माग गरिएको छ ।

परराष्ट्र, प्रशासन र महालेखा परीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खुलामा १३२ जना, समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि । आठ, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि पाँच जनाको दरखास्त आह्वान गरिएको छ । यस्तो ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जना रहेको छ ।

परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालयहरू तोकिएको छ । द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालयहरूबाट तोकिएको छ । दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म रहेको छ ।

दोब्बर दस्तुरमा पुस २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नुपर्ने छ । आयोगले विज्ञापन खुला गरे पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL