Logo

महासंघका नवनिर्वाचित पदाधिकारीले भेटे श्रममन्त्री: ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकार बीचको त्रिपक्षीय सहकार्यमा जोड

महासंघका नवनिर्वाचित पदाधिकारीले भेटे श्रममन्त्री: ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकार बीचको त्रिपक्षीय सहकार्यमा जोड



काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवबीच भेटवार्ता भएको छ ।

भेटवार्ता महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकार बीचको त्रिपक्षीय सहकार्यमा जोड दिए । 

मन्त्रालयका सहसचिव विनोद प्रकाश सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई  र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहनु भएको सो कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिड पश्चात उद्योग व्यवसाय सहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिए ।

नेपालको श्रम उत्पादकत्व दक्षिण एशियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नु पर्ने सुझाव उनले राखे । 

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषदका तर्फबाट महासंघले धेरै सुझावहरू दिएको स्मरण गर्नुहुंदै उनले सोही ऐन अन्तरगत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीहरूको आकर्षण बढ्न नसकेको बताए । श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सवैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए । साथै उनले स्वदेशी श्रमिक कामदारहरूको दक्षता अभिवृद्धि मार्फत नेपालमा कार्यरत वाह्य देशका कामदारहरू विस्थापन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिए । 

अध्यक्ष गोल्छाले अहिले पनि एकाध उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएकाले यसमा सरकारले तत्तकाल हस्तक्षेप गरी उद्योग संचालन गर्ने वातावरण बनाउनु पर्ने माग 

गरे । आउने दिनमा श्रम सम्बन्धलाई थप मजवुद बनाए औद्योगिक व्यवसायिक विकासमा सरकारलाई हरतरहले सहयोग गर्न महासघ तयार रहेको पनि उनले श्रम मन्त्रीलाई विश्वास दिलाए । साथै सो अवसरमा महासंघका पदाधिकारीहरूबाट कोभिडका कारण सामूहिक सौदावाजी (सीबीए) को समयलाई एक वर्ष पछाडी लैजानुपर्ने, विभिन्न संस्थाहरूबाट छरिएर दिइने तालीमहरूलाई एकिकृतरूपमा संचालन गर्नुपर्ने लगायतका सुझावहरू दिइएको थियो । 

भेटवार्तामा श्रम मन्त्री यादवले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत सहित बधाई दिंदै मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियन बीच अझ बढी सहकार्यका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । श्रम मन्त्री यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालीमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालीम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा रहेकाले महासंघसंग समेत यसमा सहकार्यको अपेक्षा गरेको बताए । साथै उनले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावहरूलाई वुंदागतरूपमा आगामी दिनमा छलफल गर्दै जाने बताए । 

प्रतिक्रिया दिनुहोस्
MBL