Logo

केन्द्रपछि महासंघमा प्रदेशको चुनावी चटारो, पुस ११ मा सबै प्रदेशको निर्वाचन गर्न निर्देशन

केन्द्रपछि महासंघमा प्रदेशको चुनावी चटारो, पुस ११ मा सबै प्रदेशको निर्वाचन गर्न निर्देशन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासघको प्रदेश निर्वाचन पुस ११ गते हुने भएको छ । भर्खरै मात्रै केन्द्रको निर्वाचन सम्पन्न गरेको महासंघले पुस ११ मा सबै प्रदेशको निर्वाचन गराउनका लागि पत्राचार गरेको छ ।

महासंघको विधानअनुसार सबै प्रदेशको निर्वाचन केन्द्रको निर्वाचन हुनुभन्दा १ महिना अघि नै हुनुपर्ने व्यवस्था भएपनि काबु बाहिरको स्थितिमा महासंघको निर्वाचन सम्पन्न भएको १ महिना भित्र गरिसक्नुपर्ने व्यवस्था भएबमोजिम सबै प्रदेशको निर्वाचन पुस ११ मा गर्न लागिएको महासंघले जानकारी दिएको छ ।

महासंघको यस अघिको निर्णय अनुसार यहि मंसिर २० गते बसेको पदाधिकारी बैठकले बैठकले सबै प्रदेशको निर्वाचन एक पटक गर्ने निर्णय गरेको महासघको अध्यक्ष शेखर गोल्छाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL