Logo

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैं, के छन् एजेण्डा ?

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैं, के छन् एजेण्डा ?



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संघीयय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुने बताए ।

तर खरीबोटलाई प्राप्त जानकारी अनुसार अहिले देशका विभिन्न ठाउँमा राजतन्त्रको बारेमा चर्किएको प्रदर्शन छलफलको प्रमुख एजेण्डा रहेको छ ।

अहिले सडकमा नेपाली झण्डा लिएर हरेक दिन जसो राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेको छ । प्रदर्शन शान्तिपूर्ण भएपनि ठुलो संख्यामा आम जनताको उपस्थितिले गणतन्त्र पक्षधर राजनीतिक दललाई झस्काएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL