Logo

राष्ट्रिय निर्माण दिवसको अवसरमा महासंघको आयोजनामा रक्तदान कार्यक्रम, ३३ जनाले गरे रक्तदान

राष्ट्रिय निर्माण दिवसको अवसरमा महासंघको आयोजनामा रक्तदान कार्यक्रम, ३३ जनाले गरे रक्तदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले १३ औं राष्ट्रिय निर्माण दिवस २०७७ को अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । महासंघ सचिवालयमा सोमबार भएको कार्यक्रममा ३३ जनाले रक्तदान गरे ।

रक्तदान जीवनदान भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै, कोरोना कहरको विषम् परिस्थितिमा स्वास्थ्य मापदण्ड अवलम्बन गर्दै कार्यक्रम संचालन गरिएको महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।

विगतमा निर्माण दिवसमा प्रभातफेरि, एफक्यान अवार्ड लगायतका राष्ट्रिय स्तरका कार्यक्रम आयोजना गरिएता पनि यस वर्ष कोरोना महामारीका कारण महासंघले रक्तदान मात्र आयोजना गरेको हो ।

रक्तदाताहरुलाई महासंघका अध्यक्ष रवि सिंह लगायतका पदाधिकारीहरुले प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । जिल्ला निर्माण व्यवसायी संघहरुले अन्य विविध सामाजिक कार्यहरु मात्र गरी निर्माण दिवस मनाएका छन् । महासंघले प्रत्येक वर्ष मंसिर २२ मा आफ्नो स्थापना दिनमा विविध कार्यक्रम गर्दै राष्ट्रिय निर्माण दिवस मनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL