Logo

कोटेश्वरमा एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गर्दा एक युवक पक्राउ, थप अनुसन्धान हुँदैं

कोटेश्वरमा एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गर्दा एक युवक पक्राउ, थप अनुसन्धान हुँदैं



काठमाडौँ । कोटेश्वरमा एनआईसी एसिया बैंकको एटीएम फुटाउँदै गर्दा एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३२ मुनीभैरब सडक खण्डमा रहेको बैंकको एटीएम फोडदै गरेको अवस्थामा सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौँ बस्दै आएका १९ वर्षीय अनिल तामाङलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

तामाङलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । पैसा लुट्ने योजनाका साथ एटीएम मेसिन फोडेको अवस्थामा तामाङलाई पक्राउ गरिएको कोटेश्वर प्रभागका इन्सपेक्टर राजन लामाले बताए ।

बैंकको एटीएम मेसिन आधा फुटाएको र अन्य भाग फुटाउँदै गरेको अवस्थामा तामाङ पक्राउ परेको लामाले बताए ।

इन्सपेक्टर तामाङका अनुसार उनले रकम निकाल्न भने सकेका थिएनन् । तामाङलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL