Logo

नेपाली बजारमा सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं

नेपाली बजारमा सुनको मूल्य घट्यो, प्रतितोला ९२ हजार ७ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेको हो ।

शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ थियो । आज त्यो घटेर ९२ हजार ७०० रुपैयाँमा कायम भएको छ ।

यस्तै, आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको छ । आइतबार डलरको मुल्य भने स्थिर रहेको छ । आज पनि चाँदीको मुल्य १२१० रुपैयाँ नै रहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL