Logo

नेवानि हङकङमा फेरि प्रतिबन्ध, सरकारी प्रयोगशाालकै रिपार्ट यता कोरोना नेगेटिभ उता पोजेटिभ

नेवानि हङकङमा फेरि प्रतिबन्ध, सरकारी प्रयोगशाालकै रिपार्ट यता कोरोना नेगेटिभ उता पोजेटिभ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं। नेपाल वायु सेवा निगमको हङकङ उडानमा चौंथोपटक प्रतिबन्ध लागेको छ । उडानबाट हङकङ पुगेका पाँच जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि हङकङ सिभिल एभिएसनले १५ दिन उडान प्रतिबन्ध लगाएको हो

नेपालको सरकारी प्रयोगशालामा कोरोना भाइरसको परीक्षण गरी नेगेटिभ नतिजा आएका यात्रुको शंका लागी परीक्षण गर्दा हङकङमा पोजेटिभ देखिएको हो । त्यसलगत्तै हङकङ सिभिल एभिएसनले आफ्नो नियमानुसार कारबाहीस्वरुप उडान प्रतिबन्ध लगाएको हो । अब २ पौषसम्म निगमको जहाज हङकङ उडान गर्न पाउनेछैन ।

यसअघि निगमको यात्रु हङकङ पुगेपछि कोरोना भाइरसको परीक्षणबाट पोजेटिभ देखिएपछि तीनपटक प्रतिबन्ध लागिसकेको छ । विदेशमा जाँदा कोरोना भाइरसको पोजेटिभ देखिनथालेपछि सरकारले यात्रमा जाँदा कोरोना भाइरसको टेष्ट गर्नुपर्ने अवस्थमा सरकारी प्रयोगशालामा अनिवार्य गर्न लगाएको थियो । हवाई उडानमा ७२ घन्टा अघि कोरोना परीक्षण गरिएको रिपोर्टलाई मान्यता दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL