Logo

सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । केहीदिनअघि लगातार घटेर प्रतितोला ९० हजारमा पुगेको सुनको मूल्य पछिल्लो समय लगातार उकालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पनि सुनको मूल्यमा प्रतितोला ३ सय रुपैयाँको वृद्धि भएको छ ।

बिहीबार बजारमा प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि ५ रुपैयाँको वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबार बढ्दै प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्