Logo

खाद्य संस्थानले दशैका लागि६ सय ९१ वटा च्याङ्ग्रा ल्याउदै, पर्वत आइपुग्यो

खाद्य संस्थानले दशैका लागि६ सय ९१ वटा च्याङ्ग्रा ल्याउदै, पर्वत आइपुग्यो


बिजखबर संवाददाता
0
Shares

खाद्य संस्थानले काठमाडौं ल्याउनका लागि ६ सय ९१ वटा च्याङ्ग्रा खरिद गरेको छ । मुस्ताङबाट झण्डै १ हजार च्याङ्ग्रा ल्याउने योजना बनाएपनि ढुवानीका लागि गाडीको उपलब्धता सहज नभएको भन्दै धेरै च्याङ्ग्रा खरिद नगरेको बताएको छ ।

मुस्ताङबाट काठमाडौं ल्याउन हिडाइएको च्याङ्ग्रा पर्वतमा आईपुगेको जनकारी दिएको छ ।

बेनी ल्याएर च्याङ्ग्रालाई ट्रकमा राखेर काठमाडौं ल्याउने योजना रहेको यस्तै हेटौंडामा खसीबोका खरिदको काम चलिरहेको छ । झण्डै १५ सय खसी बोका काठमाडौं ल्याउने योजना भएपनि ढुवानीको लागि समस्या भएको बताइएको छ ।

च्याङ्ग्रा र खसीबोका आएपछि मात्र मूल्य विवरण सार्वजनिक गरिने संस्थानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL