हिन्दु धर्मावलम्वी ठूलो चाड दशै आजदेखि सुरु भएको छ। मंगलवार दशैंको पहिलो दिन घटस्थापना पर्छ । आज हिन्दु नेपालीहरुले घरघरमा जमरा राखने प्रचलन छ ।
घटस्थापना आश्विन शुक्ल प्रतिपदाको दिन पर्छ र यसै घरघरमा घट कलशको स्थापना गरी देवी देववताको आह्वान गरिन्छ । घटस्थापनाको साइत बिहान ११ बजेर २५ मिनेट जाँदा रहेको छ।
आज बिहानै नुहाइधुवाइ गरी सफा वालुवामा मकै, जौ रोपिन्छ ।