Logo

महासंघ अध्यक्ष गोल्छाद्वारा पद बहाली, सचिवालयलाई व्यवसायिक बनाउने घोषणा

महासंघ अध्यक्ष गोल्छाद्वारा पद बहाली, सचिवालयलाई व्यवसायिक बनाउने घोषणा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार एक विशेष समारोहका बीच महासंघको अध्यक्षको पदबहाली गरेका छन् । गोल्छालाई महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठको नेतृत्वमा महासंघ सचिवालयका सम्पूर्ण कर्मचारीहरूले अध्यक्ष गोल्छालाई स्वागत गरेका थिए ।

पद वहालीपश्चात अध्यक्ष गोल्छाले सचिवालयका कर्मचारीहरूलाई संवोधनसहित निर्देशन दिएका थिए । महासंघ सचिवालय र महासंघअन्तरगत रहेका परियोजनाका कर्मचारीहरूको उपस्थिति रहेको सो कार्यक्रममा अध्यक्ष गोल्छाले आफ्नो कार्यकाललाई सफल पार्न सचिवालयका कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहेकाले सचिवालयबाट सोहीअनुसारको अपेक्षा आफुले गरेको बताए ।

पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू निश्चित कार्य अवधिका लागि निर्वाचित भएर आउ“छन तर कर्मचारीहरू भनेका स्थायी संरचना भएकाले सचिवालयलाई प्रोफेशनलरूपमा संचालन गरी सचिवालयले दिने सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने आफ्नो कार्ययोजना रहेको पनि उनले बताए ।

निर्देशनको क्रममा अध्यक्ष गोल्छाले भने–‘तपाईहरूबाट पाएको न्यानो स्वागतका लागि म आभार प्रकट गर्दछु । मेरो सफलता तपाईहरूको पनि सफलता भएकाले तपाईहरूबाट पूर्ण सहयोग प्राप्त हुने विश्वास लिएको छु । महासंघमा तपाईहरूको विज्ञता र तपाईहरूले दिने सेवा अमुल्य छ । राष्ट्रिय अर्थतन्त्रको सुदृढिकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउंदै जाने आफ्नो मुख्य लक्ष्य र उद्देश्य रहेकाले आफूले अगाडी बढाएका कार्ययोजनालाई प्रभावकारीरूपमा सम्पादन गर्न आग्रह गर्दछु ।’

अध्यक्षले गोल्छाले भने–‘उचित वातावरण भयो भने साधारणबाट पनि असाधारण काम लिन सक्ने कुराप्रति म पूर्ण विश्वस्त छु ।’ सचिवालयलाई पूर्णरुपमा सुदृढिकरण गर्ने मेरो मुख्य प्राथमिकता रहेकाले सोही अनुसार वातावरण निर्माण गर्ने, कर्मचारीहरूको वृत्ति विकास, सचिवालयको प्रभावकारी संचालन, सेवा सुविधा लगायतमा पनि आफूले ध्यान दिई समग्रमा महासंघ सचिवालयलाई एक प्रोफेशनल अर्गनाइजेशकारूपमा संचालन गर्ने पनि उनले स्पष्ट पारे ।

कार्यक्रममा महासंघका नवनिर्वाचित उपाध्यक्ष (जिल्ला÷नगर) दिनेश श्रेष्ठ, कार्यकारिणी समितिका सदस्य अरुणराज सुमार्गीको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL