Logo

निजी सवारीलाई घटस्थापनाको दिन पेट्रोलियम पदार्थ दिने,लामो दुरीका सवारीलाई विशेष सुरक्षा

निजी सवारीलाई घटस्थापनाको दिन पेट्रोलियम पदार्थ दिने,लामो दुरीका सवारीलाई विशेष सुरक्षा


बिजखबर संवाददाता
0
Shares

निजी सवारी साधनलाई दसैँका लागि घटस्थापनाको दिन पेट्रोलियम पदार्थ दिने भएको छ । गृहमन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगमबीच भएको छलफलमा यस्तो निर्णय भएको हो । जसअनुसार मोटरसाइकललाई ५ लिटर र गाडीका लागि १५ लिटर पेट्रोल दिने निर्णय भएको बताइएको छ ।

सो दिन उपत्यकाको हकमा असोज २५ गते निजीसहित अधिकांश पेट्रोल पम्पमा पेट्रोल दिइनेछ।

उपत्यका बाहिर जाने सवारीलाई आजदेखि रिंगरोड बाहिरका पम्पमार्फत डिजेत वितरण गरिने भएको छ ।

त्यस्तैसरकार, यातायत व्यवसायी र नेपाल आयल निगमले सोमबारदेखि लामो दुरीको बस संचालन गर्ने निर्णय गरेका छ । सोमबारदेखि ८ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारी साधन संचालनमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL