Logo

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजार ८ सयले घटेर प्रतितोला ९२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार  छापावाला सुन तोलाको रु ९४ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार कायम भएको  छ ।

त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि तोलामा रु ३० ले घटेर प्रतितोला ११ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL