Logo

कोरोना संक्रमण : विश्वभर संक्रमितको संख्या ५ करोड ८५ लाख, १३ लाख ८६ हजारको मृत्यु (अपडेट)

कोरोना संक्रमण : विश्वभर संक्रमितको संख्या ५ करोड ८५ लाख, १३ लाख ८६ हजारको मृत्यु (अपडेट)



काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर संक्रमित हुनेको संख्या ५ करोड ८४ लाख ८७ हजार ७५४ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट १३ लाख ८६ हजार ३३४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ४ करोड ४ लाख ६४ हजार ३७७ जना पुगेको छ ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारणबाट हालसम्म अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १ करोड २४ लाख ५० हजार ६६६ जना पुगेको छ । त्यस्तै, भारतमा ९० लाख ९५ हजार ९०८ जना, ब्राजिलमा ६० लाख ५२ हजार ७८६ जना, फ्रान्समा २१ लाख २७ हजार ५१ जना र रसियामा २० लाख ६४ हजार ७४८ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ६१ हजार ७९० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ६९ हजार १६ जना, भारतमा १ लाख ३२ हजार २६२ जना, मेक्सिकोमा १ लाख १ हजार ३७३ जना र बेलायतमा ५४ हजार ६२६ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ८५ लाख २० हजार ३९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ७४ लाख ३ हजार ८४७ जना, ब्राजिलमा ५४ लाख २९ हजार १५८, रसियामा १५ लाख ७७ हजार ४३५ र अर्जेन्टिनामा ११ लाख ८७ हजार ५३ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्