Logo

शिवम् सिमेन्ट उद्योगमा आगलागी, विद्युत् चुहावट भई आगलागी भएको निष्कर्ष

शिवम् सिमेन्ट उद्योगमा आगलागी, विद्युत् चुहावट भई आगलागी भएको निष्कर्ष



मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ ।

विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज विहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए । स्थानीय, प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL