Logo

नेपालमा कोरोना संक्रमण : २४ घण्टामा थपिए १९ सय ४५ संक्रमित, ५३६४ जना संक्रमणमुक्त, २२ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमण : २४ घण्टामा थपिए १९ सय ४५ संक्रमित, ५३६४ जना संक्रमणमुक्त, २२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा एक हजार ९४५ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरणअनुसार योसँगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९६५ पुगेको छ ।

छिल्लो २४ घण्टाको अवधिमा ५ हजार ३६४ जना निको भएका छन् । नेपालमा निको हुने दर ८८ प्रतिशत रहेको छ । हालसम्म १ लाख ९१ हजार २ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २२ जना संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या एक हजार २९८ पुगेको छ।

२४ घण्टामा पाँच हजार ३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार २ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL