इन्धन आपूर्ती सहज बनाउन आपूर्तीमन्त्री सुनिलबहादुर थापा नेतृत्वको टोलि बनाइने भएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो ।
मन्त्रिपरिषदले आपूर्तीको विकल्प खोज्न वाणिज्य मन्त्री, योजना आयोगको उपाध्यक्ष र मुख्य सचिवसहितको टोलि गठन गर्ने निणर्य गरेको बताइएको छ । समितिले भारतबाहेक अन्य देश र बाटोबाट इन्धन ल्याउनका लागि सरकारलाई उचित सिफारिस गर्नेछ ।