Logo

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । विहिबार ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको छ । आज सुन नेपाली बजारमा सुन ४०० रुपैयाँले घटेको हो ।

सुन गत हप्तादेखि घटबढ भइरहेको छ। कात्तिक २८ गते पछि बुधबार बजार खुल्दा १०० रुपैंयाँले घटेको सुन विहीबार ७ सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५ सय कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL