Logo

बिहीबार नेपालमा थप २१०३ कोरोना संक्रमित थपिए : २८५८ जना डिस्चार्ज, ११ जनाको मृत्यु

बिहीबार नेपालमा थप २१०३ कोरोना संक्रमित थपिए : २८५८ जना डिस्चार्ज, ११ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २८ सय ५८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा १ लाख ८५ हजार ६ सय ३८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १६ लाख ३३ हजार ५ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ७६ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL