घटस्थापनादेखि पूर्णिमासम्म सार्वजनिक विदा दिने गृहमन्त्रालयको प्रस्ताव अस्वीकृत भएको छ । मन्त्री परिषदको शुक्रवार बसेको बैठकले सो प्रस्ताव अस्वीकृत गरेको हो ।
भारतको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि गृह मन्त्रालयले सरकारी कार्यालयहरुमा घटस्थापनादेखि पूर्णिमासम्म विदा दिने प्रस्ताव गरेको थियो ।
सार्वजनिक विदा दिनेबारे प्रस्ताव आएपनि बैठकले अस्वीकार गरेको उद्योग मन्त्री महेश बस्नेतले जानकारी दिए ।