Logo

ढकाल प्यानल जिताउन ५१ सदस्यीय चुनाव प्रचारप्रसार कमिटि गठन, सल्लाहकारमा पूर्व उपाध्यक्षदेखि केन्द्रिय सदस्यसम्म

ढकाल प्यानल जिताउन ५१ सदस्यीय चुनाव प्रचारप्रसार कमिटि गठन, सल्लाहकारमा पूर्व उपाध्यक्षदेखि केन्द्रिय सदस्यसम्म



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल प्यानललाई बिजयी गराउनका लागि चुनाव प्रचारप्रसार कमिटि गठन गरेको छ । गण्डकी प्रदेशका अध्यक्ष संजीबबहादूर कोइरालाको संयोजकत्वमा सो प्रदेशका सबै जिल्ला नगरका अध्यक्ष तथा पूर्व अध्यक्ष सम्मिलित कमिटि गठन गरेको हो ।

महासंघको ५४ औं वार्षिक साधारणसभा एवं आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी र जिल्ला नगर तथा प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरुलाई निर्वाचित गराउन चुनाव प्रचारप्रसार कमिटि गठन गरिएको संयोजक कोइरालाले जानकारी दिए ।

ढकाल प्यानललाई बिजयी गराउन देशभरका ८० भन्दा बढी जिल्ला नगर अध्यक्षहरु चुनावी अभियानमा लागेको वेला गण्डकी प्रदेशका भने सम्पूर्ण जिल्ला नगर अध्यक्षहरु प्रचारप्रसारमा खटिएका हुन् । सो कमिटिमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश कार्यसमितीका ११ जना, गण्डकी प्रदेश भित्रका २० वटा उद्योग वाणिज्य संघहरुका अध्यक्षहरु, गण्डकी प्रदेश भित्रका उद्योग वाणिज्य संघहरुका पुर्ब अध्यक्षहरु २० जना गरी जम्मा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

यसैगरी उक्त कमिटिको सल्लाकारमा महासंघका जिल्ला नगरका पूर्व उपाध्यक्ष सहित ३ जना रहेका छन् । जसमा महासंघका पूर्व जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ, महासंघकै केन्द्रिय सदस्य द्वय चन्द्रकृष्ण कर्माचार्य र चोप नारायण श्रेष्ठ रहेका छन् ।

महासंघको आसन्न निर्वाचनमा ढकाल प्यानलको जीत सुनिश्चित भैसकेको र अझै बढी मतले जिताउनका लागि कमिटि नै गठन गरेर प्रचारप्रसारमा लागेको कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL