Logo

सिटिजन लाइफको जीवन बीमाकोष १५० प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढ्यो

सिटिजन लाइफको जीवन बीमाकोष १५० प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७र०७८ को पहिलो त्रैमासिक (आश्विन मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १५० प्रतिशतले वृद्धि गरेको छ ।

गत आर्थिक वर्षको आश्विन मसान्तमा कम्पनीको जीवन बीमा कोष ८० करोड ३८ लाख रूपैयाँ रहेकोमा यस आश्विन मसान्तमा सो रकम २ अर्व ८२ लाख रूपैयाँ पुगेको छ । यसका साथै कम्पनीले गत आवको आश्विन मसान्तसम्ममा कुल बीमाशुल्क ३३ करोड ९४ लाख रूपैयाँ संकलन गरेकोमा यस आव को सोही अवधिमा ६२ करोड ८ लाख रूपैयाँ संकलन गर्न सफल भएको छ । यसरी हेर्दा बीमा शुल्क आर्जन ८३ प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिमा जीवन बीमा कोषमा १५० प्रतिशतको वृद्धि गराउन सफल कम्पनीले जगेडा तथा कोषको आकार पनि ४१ करोड ५१ लाखबाट ४२ प्रतिशतले बढाएर ५९ करोड १० लाखको उचाई चुमाएको छ । साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ४७ प्रतिशतको वृद्धी गरी १० करोड ९६ लाख रूपैयाँ पुर्याएको छ ।

जीवन बीमा व्यवसायमा लगानीको अवधिले कम्पनीको आयमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले कम्पनीले दीर्घकालीन लगानी तथा कर्जालाई प्राथमिकता दिई कुल लगानी तथा कर्जा रकम रु ४ अर्व ५१ करोड मध्ये करिब ८८.३१ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गर्न सफल भएको छ । यस अघि गरिएको दीर्घकालीन लगानीले भविष्यमा समेत उच्च दरमा प्रतिफल प्रदान गरी कम्पनीको स्थायित्वका लागि आधार स्तम्भ निर्माणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने देखिन्छ ।

हरेक विषम परिस्थितिलाई अवसरको रुपमा लिदै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी वनाउदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान र बीमाको सचेतना वढाउन विद्यार्थीसंग बीमा जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL