Logo

नामावली प्रकाशनमा महासंघको लापरबाही, अस्तित्वनै नभएका कम्पनी मतदाता सूचीमा

नामावली प्रकाशनमा महासंघको लापरबाही, अस्तित्वनै नभएका कम्पनी मतदाता सूचीमा



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाले मतदाता नामावली प्रकाशनमा लापरबाही गरेको भेटिएको छ । महासंघको आसन्न निर्वाचनको पहिलो चरणको मतदाता नामावली प्रकाशनमा अस्तित्वमै नरहेको कम्पनीलाई पनि मतदाता नामावलीको सूचीमा निकाले पछि महासंघ निर्वाचन कमिटिले गम्भिर त्रुटि गरेको महासंघ सम्बद्ध सदस्यहरुले बताएका छन् ।

महासंघ निर्वाचन कमिटिले सार्वजनिक रुपमा मर्जर तथा एक्विजिशनका गएका कम्पनीलाई पनि मतदाता नामावली सूचीमा प्रकाशित गरेर त्रुटिभन्दा पनि लापरबाही नै गरेको एक सदस्यले बताए । महासंघ निर्वाचन कमिटिले यस अघि मर्जर तथा एक्विजिशनमा गएर आफ्नो अस्तित्व नै गुमाईसकेका पब्लिक कम्पनीहरु मतदाता नामावली सूची ८०७ को कैलास विकास बैंक, ८०८ को ओम फाइनान्स,८३५ को गोर्खा फाइनान्स, ८५९ को टुरिजम डेभलपमेन्ट बैंक र ८६० को देव विकास बैंकलाई मतदाता नामावली सूचीमा प्रकाशित गरेको छ ।

‘कुनै थाहा नभएको व्यक्तिको व्यक्तिगत नभई सार्वजनिक रुपमा सुचना नै प्रकाशित गरेर आफ्नो अस्तित्व मेटाएका कम्पनीका समेत महासंघले मतदाता नामावली सूचीमा नाम प्रकाशित गरेको छ,’ ती सदस्यले भने, ‘अरु अस्तित्वमा नभएका निजी कम्पनीहरु कति छन् झन त्यस विषयमा महासंघ निर्वाचन कमिटिले कुनै चासो नदिएको देखियो ।’

प्रतिक्रिया दिनुहोस्
MBL