Logo

सेयर कारोबारमा छलाङ, साताको चौथो दिन परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम करिब ५ अर्ब

सेयर कारोबारमा छलाङ, साताको चौथो दिन परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम करिब ५ अर्ब



काठमाडौं । बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा २३.३२ विन्दुले वृद्धि भई परिसूचक १७४१.८१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.८० अंकले ओरालो लागेर ३३८.०९ मा पुगेको हो ।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ उपसमूहको शेयर उकालो लाग्दा ३ उपसमूहको शेयर भने ओरालो लागेको छ । ओरालो लाग्नेमा बैंकिङ १.२८ , विकास बैंक उपसमूह २०.६ र जलविद्युत् १८.६१ विन्दुले ओरालो लागेका छन । 

यस्तै कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९  बराबरको  कारोबार भएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL