Logo

यूनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त, भटटराई भए बिदा

यूनाइटेड इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त, भटटराई भए बिदा



काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले निमित्त प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त गरेको छ ।

इन्स्योरेन्सको कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराइको करार अवधि समाप्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको हो ।

सँगै, कम्पनीले प्रथम त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक गरेको छ । यस अवधिमा गत बर्षको तुलनामा कम्पनीले बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL