Logo

सुनको मूल्यमा आज सामान्य गिरावट, चाँदीको भने बढ्यो

सुनको मूल्यमा आज सामान्य गिरावट, चाँदीको भने बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १०० रुपैयाँले घटेको हो । सुन गत हप्ता घटबढ भइनै रहेको थियो । कात्तिक २८ गते पछि आज बजार खुल्दा १०० रुपैयाँले घटेको हो ।

सुन गत हप्ता मंगलबार एकै दिन ३ हजार ४०० ले घटेको थियो । सोमबार ५ सय रुपैंयाँले बढेर ९८ हजार २०० सयमा कारोबार भएको सुन मंगलबार ९४ हजार ८०० मा कारोबार भएको थियो । आइतबार १ हजारले बढ्दै ९७ हजार ७ सयमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९५ हजार १०० सय र तेजाबी सुनको मूल्य ९४ हजार ६०० सय कायम रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने आज १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार २३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL