Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, दिउँसो १ बजे बालुवाटारमा मन्त्रीहरुलाई बोलाइयो

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, दिउँसो १ बजे बालुवाटारमा मन्त्रीहरुलाई बोलाइयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। पार्टीको सचिवालय बैठक रोक्न जोडबल गर्दै आएका नेकपा अध्यक्षसमेत रहेका ओलीले आज तोकिएको सचिवालयको बैठक डाकिएकै समयमा मन्त्रिपरिषद बैठक बोलाउनुलाई र्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ। तर, बुधबार कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्।

नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो। प्रधानमन्त्री ओलीले ठिक १ बजे नै मन्त्रिपरिषद्को बैठक राखेका छन्। एक मन्त्रीले आफूलाई १ बजे मन्त्रिपरिषद् बैठक बस्ने जानकारी आएको पुष्टि गरे।

प्रतिक्रिया दिनुहोस्
MBL