Logo

मंगलबार देशभर ५ सय २ मात्र कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु

मंगलबार देशभर ५ सय २ मात्र कोरोना संक्रमित थपिए, १७ जनाको मृत्यु



काठमाडौं । देशभर आज करिब ५ सयमात्र कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा ५०२ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ।

त्यसैगरी २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन्। संक्रमुणमुक्त हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ।

सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ। २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १२ सय ४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL