Logo

१३ औं हस्तकला व्यापार मेला हुँदै, ४५ जिल्लाका स्थानीय उत्पादन राखिने

१३ औं हस्तकला व्यापार मेला हुँदै, ४५ जिल्लाका स्थानीय उत्पादन राखिने


बिजखबर संवाददाता
0
Shares

१३ औं हस्तकला व्यापार मेला आगामी मंसिर १० गते देखि हुने भएको छ । काठमाडौको भृकुटीमण्डपमा हुनेमेला १४ गतेसम्म चल्ने बताइएको छ ।

मेलाको नेपाल हस्तकला महासंघले वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँग मिलेर आयोजना गर्न लागेको हो । मेलामा मुलुकका विभिन्न ४५ वटा जिल्लाका स्थानीय उत्पादन राखिने आयोजकले जानकारी दिएको छ।

आयोजकका अनुसार मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, हीरा र अमूल्य रत्न जडित गरगहना, फेल्टका सामान, पश्मिना, हाते कागज र छालाजन्य सामानका १ सयवटा स्टल रहने छन् । साथै तथा ६ वटा पेभेलियन रहने छन् । मेलाका लागि १ सयवटा स्टल र ६ वटै पेभेलियन बुक भइसकेको महासंघले जनाएको छ ।

मेलाको ३ लाखभन्दा बढीले मेला अवलोकन गर्ने महासंघका अध्यक्ष हेमरत्न शाक्यले बताए । साथै १० करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान आयोजकको छ ।
नेपालबाट बार्षिक १० अर्ब रुपैयाँभन्दा बढीका हस्तकलाका सामाग्री अमेरिका, फ्रान्स, बेलायत, जापान, चीनलगायत मुलकमा निर्यात हुने हुँदै आएको छ ।

मुलुकभित्र पनि वर्षे्नि ८ अर्ब रुपैयाँका हस्तकलाका सामाग्री खपत हुने गरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL