Logo

निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन

निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन



काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज भएको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । जसमा सबै पदमा सर्वसम्मती कायम भई नयाँ अध्यक्षमा निर्मलकाजी श्रेष्ठ चयन भएका छन् । उनी मेटलाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् ।

त्यसैगरी, उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन् । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान महासचिव हुन् । महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भए उनी अघिल्लो कार्यसमिति सदस्य हुन् ।

कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् र उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष थिए । त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठक, यूनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।

नेपाल बीमक संघका अध्यक्ष दिप प्रकास पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकासको लागि दुवै संस्था मिलेर जानु पर्ने विषयमा प्रकाश पार्दै नव निर्वाचित पदाधिकारीहरुलाई वधाई तथा शुभकामना दिए । जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयां कार्य समिती समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसँग समन्वय गरेर अगाडि वढ्न शुभकामना सहित नव निर्वाचित पदाधिकारीहरुलाई वधाई दिएका थिए ।

बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताउँदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धीसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको वताउँदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिए ।

नव निर्वाचित अध्यक्ष निर्मलकाजी श्रेष्ठले सबैलाई धन्यवाद ज्ञापन गर्दै सवै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु संचालन गर्न तथा चुनौतीको मिलेर सम्वोदन गर्न समन्वय गर्दै अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL