Logo

आजदेखि तीन दिनसम्म बैंकका सबै शाखा बन्द, डिजिटल बैंकिङ र एटीएम सेवा सञ्चालन हुने

आजदेखि तीन दिनसम्म बैंकका सबै शाखा बन्द, डिजिटल बैंकिङ र एटीएम सेवा सञ्चालन हुने



काठमाडौं । तिहारका कारण आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।

गएको वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गरेका हुन् ।

सीमित शाखा खोलेर बै‌ंकिङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL