Logo

शुक्रबार थप २१११ जनामा कोरोना पुष्टि : ३५३७ जना संक्रमणमुक्त, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

शुक्रबार थप २१११ जनामा कोरोना पुष्टि : ३५३७ जना संक्रमणमुक्त, मृत्यु हुनेको संख्या १२ सय नाघ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार १११ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा ९ हजार ५३३ पिसिआर नमुना परीक्षण गरिएकामा २ हजार १११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यसैगरी आज ३ हजार ५३७ जना कोरोना सङ्क्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख ६८ हजार १२९ पुगेको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर संक्रिय सङ्क्रमितको सङख्या ३७ हजार २२ पुगेको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १३ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL