Logo

अर्थमन्त्रीको नेत्तृत्वमा नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने मन्त्रीपरिषदको निर्णय

अर्थमन्त्रीको नेत्तृत्वमा नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्ने मन्त्रीपरिषदको निर्णय



काठमाडौं । सरकारले नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्ने भएको छ । त्यसको लागि सरकारले अर्थमन्त्रीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको त्यसको सम्भाव्यता अध्ययन गरिने प्रस्ताव मन्त्रिपरिषद्मा छलफल गरिएको सञ्चार एवम् सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले सोबारे जानकारी गराएका हुन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले महत्वपूर्ण निर्णय प्रस्ताव गर्नुभएको छ । स्वदेशमा रासायनिक मल कारखाना स्थापना गर्ने सन्दर्भमा माननीय अर्थमन्त्री ज्यूको नेतृत्वमा माननीय उद्योगमन्त्री र माननीय कृषी तथा पशुपंक्षी विकास मन्त्रीज्यूको तीन सदस्यीय समिति बनेको छ । यसको सम्भाव्यत्ता अध्ययन र यसको बारेमा निकट भविष्यमा कसरी लगानी गर्ने ? कुन मोडेलबाट लगानी गर्ने रु र कस्तो संरचनामा गर्नेभन्ने किसिमको सम्भाव्यता अध्ययन गरेर तुरुन्तै नेपालमा एउटा कृषिसँग सम्बन्धित रासायनिक मलको उद्योग स्थापना गर्ने निर्णय भएको छ ।’

समितिले उद्योग स्थापनाबारे निकट भविष्यमै कसरी लगानी गर्ने र कस्तो संरचना गर्ने भन्‍नेबारे सम्भाव्यता अध्ययन गर्ने पनि उनले बताए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिकदेखि चैतसम्मको पूरै तलब कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । त्यस्तै, अन्य मन्त्री र राज्यमन्त्रीहरुले पनि सोही अवधिको आधा तलब कोषमा जम्मा गर्ने भएका छन् ।

अर्थमान्त्रालयको प्रस्तावमा सो निर्णय भएको पनि उनले बताए । त्यस्तै, अर्थमन्त्रालयकै प्रस्तावमा पुस्तक आयातमा कर लगाउने निर्णय सच्याइएको पनि बताए ।

यसैगरि सरकारले सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले मंसिर ३० गतेसम्म सीमा बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता गुरुङले कात्तिक ३० गतेसम्म जारी प्रतिबन्ध पुनः एक मिनहा थप भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL