Logo

मन्त्रिपरिषद बैठकको निर्णय : चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने

मन्त्रिपरिषद बैठकको निर्णय : चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने



काठमाडौँ । कोरोना संक्रमण भएर उपचारत रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आजको मन्त्रिपरिषद बैठकले केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने जानकारी दिएका छन् । 

गत मंगलबारदेखि मेडीसिटी अस्पतालमा उपचार गराइरहेका केसीको उपचारमा आर्थिक अभाव भएपछि राष्ट्रिय जनमोर्चाले सहयोग गर्न सर्बसाधारणमा अपिल गरेको थियो । 

केसीलाई बुधबार गरिएको पिसिआर परिक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्