Logo

बालुवाटारमा मन्‍त्रिपरिषद् बैठक बस्दैं, बामदेवलाई सरकारमा महत्वपूर्ण जिम्मेवारीको तयारी

बालुवाटारमा मन्‍त्रिपरिषद् बैठक बस्दैं, बामदेवलाई सरकारमा महत्वपूर्ण जिम्मेवारीको तयारी



काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अहिले बस्दैछ । प्रधानमन्त्री केपी ओलीले बिहीबार बिहानै मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीले नियमित एजेन्डामा छलफलका लागि बालुवाटारमा बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीले ९ बजेका लागि बैठक बोलाएको ति मन्त्रीको भनाइ छ । मन्त्रालयबाट आउने नियमित एजेन्डामा छलफल र निर्णय हुनेछ ।

राष्ट्रियसभा सदस्यको रुपमा मनोनित सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई सर्वोच्च अदालतले बुधबार सफाइ दिएपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई महत्वका साथ हेरिएको छ ।

नेकपा भित्रको विवाद समाधानका लागि वामदेवलाई सरकारमा महत्वपूर्ण जिम्मेवारी दिएर अगाडि बढ्ने विषयमा यसअघि नै प्रधानमन्त्री ओली सकारात्मक बनेका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL