Logo

बुधबार थप २५ सय ६९ जनामा कोरोना पुष्टि, १६ सय ६६ डिस्चार्ज

बुधबार थप २५ सय ६९ जनामा कोरोना पुष्टि, १६ सय ६६ डिस्चार्ज



काठमाडौं । बुधबार नेपालमा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पुष्टि भएको बताए ।

प्रवक्ता गौतमका अनुसार बुधबारसम्म देशमा सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६६६ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ। निको हुनेको प्रतिशत ८१.२ रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL