Logo

बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा मंगलबार ठएकैदिन ३४ सयले घटेको सुनको मूल्य बुधबार भने सामान्य वृद्धि भएको छ ।

बुधबार सुन तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो कारोबारको दिन मंगलबार सुन तोलामा तीन हजार ४०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८०० रुपैयाँमा झरेको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि सामान्य रुपमा उकालो लागेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL