Logo

दशैंका लागि ५७ अर्व ८५ करोड नयाँ नोट, आइतबारदेखि सटही गर्न सकिने

दशैंका लागि ५७ अर्व ८५ करोड नयाँ नोट, आइतबारदेखि सटही गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

यस बर्षको दशैं र तिहारमा नेपाल राष्ट्र बैङ्ककले रू. ५७ अर्व ८५ करोड ५० लाख नयाँ नोट बजारमा प्रवाह गर्ने तयारी गरेको छ ।यो गत बर्षको तुलनामा १८ प्रतिशत बढी हो । गत बर्ष यही अवसरमा रू. ४७ अर्ब ४१ करोड ९० लाख बजारमा प्रवाह गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष माग बढी हुने अनुमानका आधारमा नयाँ नोटको प्रवाह बढी गर्न लागिएको प्रवक्ता त्रिलोचन पंगेनीले बताए ।

सर्वसाधारणलाई नेपाल राष्ट्र बैंकको कार्यलयबाट र काठमाडौं उपत्यकाको हकमा बैंकिङ कार्यालय थापाथलीबाट आगामी आइतबारदेखि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाइएको बताइएको छ । त्यसैगरी देशमा सञ्चालित वाणिज्य बैंक , विकास बैंक तथा वित्तीय संस्थाबाट पनि सर्वसाधारणले नयाँ नोट पाउने छन् ।

राष्ट्र बैंकको सटही केन्द्रबाट नयाँ नोट लिन चाहने सर्वसाधारणले एक व्यक्तिले रू. २२ हजारसम्मको नयाँ नोट साट्न सक्नेछन् । प्रत्येक व्यक्तिले रू. पाँच, १० र २० दुईरदुई प्याकेट नयाँ नोट साट्न सक्नेछन भने रू. ५० र रू. १सयका एक र एक प्याकेट नयाँ नोट पाउनेछन् ।

त्यस्तै निजामति, सैनिक, प्रहरी सशस्त्रका कर्मचारीका लागि आवश्यक पर्ने नयाँ नोटका सम्बन्धित कार्यालयको पत्रका आधारमा आवश्यक नयाँ नोटको प्रबन्ध गर्ने व्यवस्था मिलाइएको प्रवक्ता पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL