Logo

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, किमाथाङ्का नाका र अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार पूर्वी नेपालको चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका निरीक्षणका लागि जाँदैछन् ।

प्रधानमन्त्री ओली विहान साढे ८ बजे हेलिकप्टरमार्फत चीनसँग सीमा जोडिएको संखुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका पुग्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले चीनसँग सीमा जोडिएको भोटखोला गाउँपालिका–१ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले झण्डै एक वर्षअघि त्यहाँ स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी) को निर्माणधीन भवन सँगै भन्सार कार्यालय र सुख्खा बन्दरगाहको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

संखुवासभा पुगेका बेला प्रधानमन्त्री ओलीले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमनसमेत गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली बुधबार दिनभर संखुवासभामा रहने छन् ।

सचिवालयका अनुसार बिहान ८ बजेदेखि दिउँसो साढे ३ बजेसम्मका लागि कार्यक्रम तय भएका छन् । प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र केही सांसद पनि संखुवासभा जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL