Logo

लगानी बोर्डले गर्यो ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत, तीन जलविद्युत् आयोजनामा लगानी हुने

लगानी बोर्डले गर्यो ३९ अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत, तीन जलविद्युत् आयोजनामा लगानी हुने



काठमाडौं । लगानी बोर्डको ४५ औँ बैठकले झण्डै ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको बैंठकले सो बराबरको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बोर्डले तीनवटा जलविद्युत आयोजनाका लागि सो लगानी स्वीकृत गरेको हो । ७७ दशमलव ५ मेगावाटको घुन्साखोला जलविद्युत् आयोजनाको लागि १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ, ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजनाको लागि १० अर्ब ६१ करोड ९१ लाख र ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रुपैयाँको वैदेशिक लगानी स्वीकृत गरेको हो ।

बैठकले बोर्डको कार्यालयको क्षमता वृद्धि, एकल विन्दु सेवा केन्द्र प्रभावकारी बनाउने लगायतका विषयमा निर्णय पनि गरेको छ । बोर्डको बैठक हरेक दुई महिनामा बस्नुपर्ने भए पनि गएको असारयता बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्