Logo

आन्तरिक राजस्व कार्यालय विराटनगर निर्धारित लक्ष्य भेटन असफल

आन्तरिक राजस्व कार्यालय विराटनगर निर्धारित लक्ष्य भेटन असफल



काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७र७८ को तीन महिनामा कूल एक अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ संकलन गरेको छ ।

सो अवधिमा कार्यालयले एक अर्ब ९४ करोड ५२ लाख एक हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

लक्ष्यमा ३० करोड ८३ लाख ७६ हजार रुपैयाँ कम सङ्कलन हुनुमा औद्योगिक उत्पादनमा गिरावट आउनु र मदिराजन्य पदार्थको कारोवारमा कमी आउनु कारण रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

तीन महिनाको अवधिमा कार्यालयले लक्ष्यमा ८४ प्रतिशत प्रगति हासिल गरेको छ ।

असोजसम्ममा आम्दानी करमा एक सय ११ प्रतिशत र मूल्यअभिवृद्धि करमा एक सय ३७ प्रतिशत प्रगति हासिल गरेको कार्यालयले अन्तःशुल्कमा ५० प्रतिशत मात्र प्रगति गरेको देखाएको छ ।

सङ्कलित राजस्वमा आम्दानी कर ५४ करोड ८८ लाख रुपैयाँ, मूल्यअभिवृद्धि कर ५७ करोड १५ लाख ४७ हजार रुपैयाँ र अन्तःशुल्क ५१ करोड ६४ लाख ७८ लाख रुपैयाँ असुली भएको छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार असोजमा आम्दानी करमा एक सय २३ प्रतिशत, मूल्यअभिवृद्धि करमा एक सय ७८ प्रतिशत र अन्तःशुल्कमा ६८ प्रतिशत प्रगति गरेको छ ।

सो महिनामा ६५ करोड ३० लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्यमा ६३ करोड २१ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरी लक्ष्यमा ९७ प्रतिशत प्रगति गरेको कार्यालय प्रमुख सापकोटाले बताए । 

प्रतिक्रिया दिनुहोस्
MBL